रुकुम सोतीको नरसंहारले हामी सबैको अनुहारमा कालो पोतिएको छ : गगनकुमार थापा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रुकुम सोतीको नरसंहारले हामी सबैको अनुहारमा कालो पोतिएको छ : गगनकुमार थापा


१९ जेष्ठ २०७७, सोमबार


काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रुकुमपश्चिम चौरजहारीको घटनाको निस्पक्ष छानविन गर्न सर्वदलीय सांसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शुनय समयमा बोल्दै नेता थापाले अनुहारको दाग ऐना पुछेर जाँदैन भन्दै सदनले यस्तो व्यवस्था नगरेसम्म आफूहरु न्यायको पक्षमा बोलीरहने बताएका हुन् ।

‘अनुहारको दाग ऐना पुछेर जाँदैन त्यसैले रुकुम नरसंहार लगायत यो लकडाउनको अवधिमा मात्रै जातीय विभदको कारणले ३२ जनाभन्दा बढी दलितहरुको हत्या आत्महत्या बलात्कारको घटनाको छानविन गर्न अविलम्ब सर्वदलीय सांसदीय छानविन समिति बनाउन जोडदार माग गर्दछु’ नेता थापाले भने,‘सम्मानित सदनले यो नवनाएसम्म हामी यो मागिरहनेछौं । न्यायको पक्षमा बोलीरहने छौं । लडिरहनेछौं ।’

यस्तै उनले रुकुम सोतीको नरसंहार घटनाले सबैको अनुहारमा कालो पोतिएको बताएका छन् । उनले भने, ‘संविधानमा स्वतन्त्रताको हक समानतको हक आत्मसम्मानपूर्वक बाँच्न पाउने हक मर्यादित जीवन जिउन पाउने हक छुवाछुत तथा भेदभाव विरुद्धको हक देखि दलितको हकसम्म सबै लख्यौँ कानुन बनायौँ भनेर गर्व गरिरहँदा रुकुम सोतीको नरसंहारले हामी सबैको अनुहारमा कालो पोतिएको छ ।’

‘यस्तो अमानवीय र क्रुर घटनालाई भवितव्य हो भनेर दखाऔँ र सहायक कारणहरु देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको जालो ढाकछोप गर्न भइरहेको संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामी सँग लजाउँछ ।’ नेता थापाले भने ।

प्रतिक्रिया दिनुहोस