२५ कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२५ कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज


१९ जेष्ठ २०७७, सोमबार


भैरहवा । भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । उनीहरु सोमबार बिहान डिस्चार्ज भएका हुन् ।

रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।

गत वैशाख ३० गतेदेखि उनीहरु कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले उपचारमा आएकामध्ये केहीलाई सामान्य श्वासप्रश्वासमा र उच्च रक्तचाप देखिए पनि अन्य गम्भीर समस्या नरहेको बताएका छन् ।

कोरोना संक्रमण भइ भीम अस्पतालमा भर्ना भएको उक्त समूह पहिलो हो र उनीहरु सबैजना डिस्चार्ज भएपछि अब अस्पताल खाली भएको डा. दर्नालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस