पठनपाठन असार १ गतेबाट सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पठनपाठन असार १ गतेबाट सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान


१८ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठनपाठन सुचारु गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्न दूर तथा खुल्ला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको जनाएका छन् ।

‘सो निर्देशिकालाई यही २०७७ साल असार १ गतेबाट कार्यान्वयन गर्न गराउन सङ्घ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,’ मन्त्री पोखरेले विज्ञप्तिमा भनेका छन् ।

यसैबिच बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले आफ्नो मन्त्रालयले प्रस्ताव नगरेको दाबी गरेका छन् । उनले सो भनेका छन्, ‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरण निम्ति गैरसरकारी क्षेत्र, विकास साझेदारहरूको सहयोग र योगदानलाई पूरक कार्यक्रमका रूप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत् गरिने गरी परिचालन गरिनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस