जातको पर्खाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जातको पर्खाल


१७ जेष्ठ २०७७, शनिबार


बग्छ्न् यहाँ आगतहरु,
नदिको भेल संगै !!

प्रेमको दियो बाल्ने
रहरले मौलाएका नौजवान
हेलिन बाध्य पारिन्छन्,
खोक्रो मानसिक दरिद्रले !!

समयको पावन्दी संग
पैठे जोरि खोज्ने यहाँ
सेरिन्छन्, कथित उपल्ला
बुज्रुकहरुले !!

के दिन्छ कुन्नी यी
कुलिन जातको पगरीलाई
समाज विभक्त अनि
मथिङ्गल गरि रस्वादनले !!

प्रेमको वन्धन त केवल
कुकृत्य सम्झिन्छन्,
सिमारेखा बनाइ
समानताको विगुल फुक्छन् !!

नाप्न खोज्छन् ठुलो संकुचित
जातको पर्खाल ठड्याएर,
उफ्रिन्छन्, चिच्याउँछन्,
अनि नाङ्गो मनोदसा दर्शाउँछन् !!

देखावटी नजर वर्षाएर,
हर्षको नृत्य गर्छन्,
क्षणिक भेदको उन्मुलन
गर्छन् कानूनी दफा फर्काएर !!

थाहा छ, उसलाई
अगाडी लागेर बाजा बजाए
साइत पर्छ उसैको,
स्वागत गरे जस्तो हुन्छ उसैलाई,
र फेरि भन्छ, सँगै भात खाँदा
जात फेरिन्छ उसैको
शरीर नै बेरिन्छ उसैको !!

 

Tags :
प्रतिक्रिया दिनुहोस