जर्नेललाई ५८ लाख जरिवाना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जर्नेललाई ५८ लाख जरिवाना


१६ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । नेपाली सेनाका एक अवकाश प्राप्त उपरथी आर्थिक अनियमितताको आरोपमा दोषी ठहर भएका छन्।

नेपाली सेनाका अवकाशप्राप्त प्राविधिक उपरथी सुधीर श्रेष्ठलाई सैनिक अदालतले दोषी ठहर गर्दै ५८ लाख ५ हजार रुपैयाँ असुल गर्ने फैसला गरेको छ।

सैनिक स्रोतका अनुसार श्रेष्ठमाथि हवाई महानिर्देशनालयको महानिर्देशक रहँदा अनियमितता गरेको आरोप लागेको छ। श्रेष्ठले गत मंसिरमा सैनिक सेवाबाट राजीनामा दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस