अबदेखि स्वास्थ्य स्वयंसेविकाहरूलाई यातायात खर्च दोब्बर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अबदेखि स्वास्थ्य स्वयंसेविकाहरूलाई यातायात खर्च दोब्बर


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । सरकारले स्वास्थ्य स्वयंसेविकाहरूलाई यातायात खर्च दोब्बर दिने भएको छ । बिहीबार आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वयंसेविकाहरूको निःशुल्क स्वास्थ्य बिमालाई निरन्तरता दिँदै यातायात खर्च दोब्बर बनाइने बताए ।

उनले स्वयंसेविकाहरूलाई स्थानीय तहमा सरसफाइ, स्वास्थ्य सचेतनाको परिचालन गरिने बताए ।

हाल नेपालमा ५२ हजारको हाराहारीमा स्वास्थ्य स्वयंसेविकाहरू कार्यरत रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस