स्वास्थ्य सचिव कोइरालाको सरुवा, नयाँ स्वास्थ्य सचिवमा अर्याल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सचिव कोइरालाको सरुवा, नयाँ स्वास्थ्य सचिवमा अर्याल


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरूवा गरेको छ ।

मन्त्रिपरिषदको १२ गतेको निर्णय अनुशार सचिव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको हो ।

स्वास्थ्यमा नयाँ सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाइएको छ । अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।

गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा सरूवा गरेको थियो ।

यस अघि सामान्य प्रशासन सचिव रहेका कोइराला गृहका क्याडर हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस