बर्दियामा क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बर्दियामा क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु


१४ जेष्ठ २०७७, बुधबार


धम्बोझी । बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ ।

गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्र्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

ज्याला मजदूरीका लागि अछाम जानुभएका उनलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो । उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । उनको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस