प्रधानमन्त्रीको सम्बोधन : रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध छ [पूर्ण पाठसहित ] « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीको सम्बोधन : रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध छ [पूर्ण पाठसहित ]


१२ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताए ।

महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उनले बताए। क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि उनको भनाइ छ । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोना विरुद्ध लडिरहेको उनले बताए। प्रधानमन्त्री ओलीले भने, “हामीले अझै केही समय लड्नुपर्ने देखिएको छ ।”

सरकार नागरिकप्रति संवेदनशील रहेको उनले बताए । सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको उनले जानकारी दिए । उनले जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने बताए । उनले भने “यो सङ्क्रमण अझै केही समय रहने हुँदा अहिले सबै मिलेर लाग्दा मात्रै महामारीलाई जित्न सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस