आफ्नो अनुपस्थितिमा गाउँपालिका सम्पूर्ण कामकाज बन्द गर्न उपाध्यक्षको मौखिक आदेश ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आफ्नो अनुपस्थितिमा गाउँपालिका सम्पूर्ण कामकाज बन्द गर्न उपाध्यक्षको मौखिक आदेश !


१२ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । अचेल अनेक-अनेकका निर्णय र घोषणा गर्ने होडबाजी नै चलेको छ स्थानीय सरकारहरूमा । यस्तै एक निर्णय गर्न आदेश दिएकी छिन् कर्णाली प्रदेशस्थित मुगु जिल्लाको सोरु गाउँपालिकाकी उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बमले ।

उपाध्यक्ष मल्लले आफू उपस्थित नहुँदासम्मका लागि गाउँपालिकाबाट हुने कामकाजहरू बन्द गर्ने मौखिक आदेशअनुसार प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढाले एक सूचना नै प्रकाशित गरी उनको उपस्थिति नहुँदासम्मका लागि गाउँपालिकाको कार्यालय बन्द रहने सूचना प्रकाशित गरेका छन् ।

यही जेठ ५ गते प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ‘यस सोरु गाउँपालिकाकी उपाध्यक्ष श्री राज्यलक्ष्मी मल्ल बमको मौखिक आदेश अनुसार म स्वयम उपस्थित नहुँदा सम्मका लागि सम्पूर्ण गाउँपालिकाबाट हुने कामकाजहरू बन्द गर्नु भन्ने आदेश अनुसार आजको मितिबाट उहाँको उपस्थिति नहुँदासम्मको लागि बन्द रहेको ब्यहोरा जानकारी गराइन्छ’

Tags :
प्रतिक्रिया दिनुहोस