वीरगन्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि, कोरोनाबाट बाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वीरगन्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि, कोरोनाबाट बाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो


१२ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ ।

उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताएका छन् ।

मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस