लकडाउन अवज्ञा गर्ने ६७१ सवारीसाधन कारवाहीमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लकडाउन अवज्ञा गर्ने ६७१ सवारीसाधन कारवाहीमा


११ जेष्ठ २०७७, आइतबार


जुम्ला । जुम्लामा लकडाउन उल्लङ्घन गर्ने र सवारी पास दुरुपयोग गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ ।

गत चैत १० देखि जेठ १० गतेसम्म ६७१ सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिई कारवाही गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए । उनले भने, ‘९६ चारपाङ्ग्रे ठूला सवारी साधन र ५७५ दुईपाङ्ग्रे मोटरसाइकल गरी जम्मा ६७१ सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको छ ।’

निश्चित प्रयोजन र समयावधिका लागि भनी तोकिएको पासलाई अवधि समाप्त भएपछि वितरित पासको प्रयोग गरी दुरुपयोग गरेको पाइएकाले सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको प्रशासनले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरिएकाले पालना गर्न गराउन थप कडाइ गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस