सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधिश ‘शिलु’को ८१ वर्षको उमेरमा निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधिश ‘शिलु’को ८१ वर्षको उमेरमा निधन


१० जेष्ठ २०७७, शनिबार


काठमाडौं । सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधिश सुशीला सिंह (शिलु)को निधन भएको छ । उनको ८१ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

उनी २०५८ साल वैशाखदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। उनी महिलातर्फ पहिलो न्यायाधीश, वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक उपाध्यक्ष पनि भएकी थिइन् ।

उनी राष्ट्रिय मानवअधिकार आयोगको सदस्य पनि भइन्। उनले महिलाहरुको कानुनी सहायता परियोजनामा पनि उल्लेखनीय योगदान पुर्‍याइन् ।

१९९६ साल फागुन २२ गते काठमाडौँको पकनाजोलमा उनको जन्म भएको थियो । उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।

आजै साँझ सिंहका छोरा काठमाडौं आउने र सिंहको अन्त्येष्टि गर्ने तयारी भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस