थप ९ जनामा कोरोना पुष्टि, सङ्क्रमित सङ्ख्या ५१६ पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप ९ जनामा कोरोना पुष्टि, सङ्क्रमित सङ्ख्या ५१६ पुग्यो


९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । थप ९ जनामा कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१६ पुगेको छ ।

शुक्रवार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ सङ्क्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाराको सिमरौनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस