यस्तो छ संसदमा दर्ता भएको संविधान संशोधन विधेयक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्तो छ संसदमा दर्ता भएको संविधान संशोधन विधेयक


९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।

मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो । नयाँ नक्सा शुक्रवार राजपत्रमासमेत प्रकाशित भइसकेको छ ।
 

 

प्रतिक्रिया दिनुहोस