नयाँ नक्सा राजपत्रमा प्रकाशित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नयाँ नक्सा राजपत्रमा प्रकाशित


९ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशन गरेको छ ।

मन्त्री स्तरीय निर्णय गरी शुक्रवार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा पठाइएकोमा विभागले तत्काल प्रकाशित गरेको छ । नक्सा छापिएको राजपत्र सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका सबै कार्यालयलाई पठाइने मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए ।

यससँगै नापी विभागले पहिलो चरणमा ३ हजार कपी नेपालको नयाँ नक्सा छापेर राज्यका सबै निकायलाई वितरण गर्ने तयारी गरेको छ । नयाँ नक्साको छपाइ सुरु गरिसकेको विभागले जनाएको छ । उक्त नयाँ नक्सा आइतबारदेखि राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै संवैधानिक निकाय र मन्त्रालय तथा मातहतका कार्यालयमा राख्न पठाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस