बुङ्गलमा पहिलो पटक भिडियो एक्स–रे सेवा शुरु, नर्सिङ कर्मचारीलाई तालिम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बुङ्गलमा पहिलो पटक भिडियो एक्स–रे सेवा शुरु, नर्सिङ कर्मचारीलाई तालिम


५ जेष्ठ २०७७, सोमबार


बझाङ । सुदूरपश्चिम प्रदेशको विकट जिल्लाका रुपमा रहेको बझाङको बुङ्गल नगरपालिकामा भिडियो एक्स–रे सेवा शुरु भएको छ ।

सो नगरपालिकामा आजदेखि पहिलो पटक सो सेवाबाट गर्भ जाँच शुरु भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाको नर्सिङ कर्मचारीका लागि अल्ट्रासाउनण्डको तालिम सञ्चालन गरेको थियो ।

सोही अनुरुप सो नगरपालिकाको वडा नं ४ को खिरातडी स्वास्थ्य चौकीमा सो सेवा शुरु गरिएको हो । स्थानीय तहमै गर्भवतीको भिडियो एक्स–रे प्रविधिद्वारा जाँच गरिने भएपछि दैनिक जाँचका लागि लामो दूरी तय गरी चैनपुर तथा धनगढीलगायत अन्यत्र जानुपर्ने समस्याको अन्त्य भएको छ ।

स्वास्थ्य चौकीमै अत्याधुनिक प्रविधिबाट जाँच हुन थालेपछि प्रजनन्सँग सम्बन्धित समस्याको समाधान भएको स्वास्थ्य चौकीका अनमी प्रमीला कु बोहोरा (धाँमी) ले जानकारी दिए । उनका अनुसार गर्भवतीलाई जाँच तथा बच्चा जन्माउनका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस