कर्मचारीले दिए प्रस्तावित विद्युत् ऐनमा सुझाव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीले दिए प्रस्तावित विद्युत् ऐनमा सुझाव


१ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको आधिकारिक ट्रेड युनियनसहित क्रियाशील अन्य कर्मचारी सङ्गठनले प्रस्तावित विद्यत् ऐनका विभिन्न दफामा आफ्ना सुझाव दिएका छन् । कर्मचारीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई एक ज्ञापनपत्र बुझाउँदै प्राधिकरणको थप उन्नयन तथा विकासका लागि सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

कर्मचारीको सुझाव ग्रहण गर्दै मन्त्री पुनले सरोकार भएका निकाय तथा व्यक्तिसँग छलफल गरी प्राप्त निष्कर्षका आधारमा प्रस्तावित ऐन अगाडि बढाउन आफू तयार रहेको बताए। प्रस्तावित विद्युत् ऐन मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । प्रस्तावित ऐन, संघीय संसदमा प्रस्तुत हुने क्रममा छ । सो ऐनका केही दफामा प्राधिकरणका कर्मचारी तथा निजी क्षेत्रका उद्यमीले समसामयिक नभएको भन्दै गुनासो गर्दै आएका छन् ।

कर्मचारीले प्रस्तावित ऐनले प्राधिकरणको संस्थागत उन्नति र कर्मचारीको भविश्यमा समेत गम्भीर संकट आउने भन्दै आज मन्त्री पुनको ध्यानाकर्षण गराएका हुन् । प्राधिकरणका कार्यरत आधिकारिक टे«ड यूनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन, कर्मचारी संघ र कर्मचारी कल्याण परिषद्ले संयुक्त रुपमा मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस