प्रहरी बिटमा महिलाको ताला ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरी बिटमा महिलाको ताला !


१ जेष्ठ २०७७, बिहिबार


कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित एक प्रहरी बिटमा बिहीबार महिलाहरुले तालाबन्दी गरेका छन् ।

नगरपालिकाको ४ नम्बर वडाको गजेहडास्थित प्रहरी बिटमा स्थानीय महिलाहरुको समूहले ताला लगाएका हुन् ।

चारजना बालिकालाई बलात्कार गरेको अभियोग लागेकालाई अदालतले कारबाही नगरी छाडिदिएको विरोधमा २५–३० जनाको समूहमा बिहानैदेखि प्रदर्शनमा उत्रेका महिलाहरुले प्रहरी बिटमा तालाबन्दी गरेका हुन् ।

गत बैशाख १० गते प्रहरीले नियन्त्रणमा लिएको बलात्कार आरोपीलाई जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल अभिभावकको जिम्मामा छाड्ने आदेश दिएको थियो । उनलाई शुक्रबार अदालतमा पेश गरिने प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस