कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीलाई सार्वजनिक बिदा सरह सुविधा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीलाई सार्वजनिक बिदा सरह सुविधा


१० बैशाख २०७७, बुधबार


सचिव

काठमाडौँ । लकडाउन अवधिभर कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा पाउने भएका छन् ।

गत वैशाख २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ‘सम्पूर्ण सरकारी कार्यालय/निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने’ उल्लेख छ ।

सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस