मन्त्रिपरिषद् सकिए लगत्तै पूर्वमाओवादीका सबै मन्त्री प्रचण्ड निवासमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद् सकिए लगत्तै पूर्वमाओवादीका सबै मन्त्री प्रचण्ड निवासमा


८ बैशाख २०७७, सोमबार


प्रहरी ऐन

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार बैठक सकिएलगत्तै पूर्व माओवादीका सबै मन्त्री नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

सोमबार(आज)को मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेसँगै पूर्व माओबादी खेमाका मन्त्रीहरुको छुट्टै बैठक बसेको हो ।

पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णयलगत्तै अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटार पुगेका छन् ।

पछिल्लो घटनाक्रमले नेकपाभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेसँगै ठूलै निर्णयमा पुग्न सक्ने स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस