उदयपुर पुगेका ८ भारतीयमा कोरोना संक्रमणको आशंका « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उदयपुर पुगेका ८ भारतीयमा कोरोना संक्रमणको आशंका


५ बैशाख २०७७, शुक्रबार


विराटनगर । लकडाउनको समयमा लुकेर उदयपुर छिरेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरस(कोभिड-१९) को आशंका गरिएको छ ।

यद्यपि, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ ।

उदयपुर नगरपालिका–३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरू देखेपछि स्थानीयले गरेको खबरका आधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझेका थिए । सो क्रममा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली वैशाखको सुरुमै आएको पाइएको छ ।

उनीहरूमा र्‍यापिड टेष्टका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएकोमा शङ्का लागेर पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब सङ्कलन गरेर विराटनगर पठाइएको थियो । कोसी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना शुक्रवार बिहान काठमाडौँ पठाइएको छ ।

आफूहरू सप्तरीमा भएको धार्मिक सभामा सहभागी हुन आएको र त्यसपछि विभिन्न जिल्ला घुमेर उदयपुर आएको उनीहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस