कोरोना संक्रमणबाट लण्डनमा थप एक भूपू सैनिकको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमणबाट लण्डनमा थप एक भूपू सैनिकको निधन


५ बैशाख २०७७, शुक्रबार


लण्डन । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए। पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

अध्यक्ष रेग्मीका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा छन् । हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस