कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षीया महिलाको तेस्रो पटकको रिपोर्ट नेगेटिभ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षीया महिलाको तेस्रो पटकको रिपोर्ट नेगेटिभ


४ बैशाख २०७७, बिहिबार


पोखरा । कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको बिहीबार गरिएको परीक्षणको नतीजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नेपालको छैटौँ तथा बाग्लुङ नगरपालिका –३ गैँडाकोटकी दोस्रो कोरोना संक्रमित ती महिलाको तेस्रोपटकको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार गरिएको पिसीआर परीक्षणमा यस्तो नतीजा आएको प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए। ‘बिहीबार गरिएको स्वाब परीक्षणमा महिलाको नेगेटिभ नतीजा आयो’ शर्माले भने।

Tags :
प्रतिक्रिया दिनुहोस