भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय


२७ चैत्र २०७६, बिहिबार


सह सचिव

काठमाडौँ। सरकारले काठमाडौँमा रहेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

११ चैतबाट लागू भएको लकडाउन तेस्रो पटकसमेत लम्बिएर बैसाख ३ गतेसम्म पुगेपछि अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई सरकारले उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

सरकारको यो निर्णयसँगै एकाएक घोषणा गरिएको लकडाउनपछि उपत्यकाभित्रै थुनिएर बसेका कतिपय मानिसहरू घर फर्किन पाउनेछन् । पछिल्लो समय दैनिक ज्याला मजदुरी गरेर आफू तथा परिवार पाल्ने मजदुरहरू हातमुख जोर्न नै नसक्ने अवस्थामा पुगेको भन्दै रातारात सयौँ किलोमिटर हिँडेर घर गई रहेका थिए ।

यससँगै छोटो र लामो दूरीका सवारी साधनहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे गृह मन्त्रालयले तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस