कोरोना भाइरस : बेलायतमा थप तीन नेपालीको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरस : बेलायतमा थप तीन नेपालीको मृत्यु


प्रशासन संवाददाता

२७ चैत्र २०७६, बिहिबार


लण्डन। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु भएको छ । दुई जनाको बुधबार र अर्का एकको मंगलबार मृत्यु भएको हो।

यो सँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ५ पुगेको छ।

लण्डनको ह्यारोमा बस्दै आएका ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थविकपार्क अस्पतालमा निधन भएको हो। रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिएर केहि दिन घरमै आइसोलेसनमा बसेका उनी एक हप्ताअगाडि अघिअस्पताल भर्ना भएका थिए। मधुमेहका रोगीसमेत रहेका उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि सोमबारदेखि भेन्टिलेटरमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

पर्वत पैंयू स्थायी घर भएका गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका थिए।

साही अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ। नातीको बिहेका लागि केहि महिनाअघि बेलायत पुगेका अन्दाजी ७७ वर्षीय मृतक कोरोना महामारीकै कारण नेपाल फर्किन नपाएर लण्डनमै रोकिएका थिए। नेपालबाटै सँगै आएकी मृतककी पत्नीसमेत अहिले लण्डनमै छिन्।

बुधबारै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ। करिब १ साताअघिदेखि आइसोलेसनमा बस्दै आएका श्रेष्ठ श्वासप्रश्वासमा समस्याका कारण बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए। उनलको बुधबार दिउँसो अस्पतालमै मृत्यु भएको थियो । उनलाई ह्दयघातकोसमेत आशंका गरिएको छ। उनी सोलुखुम्बुका हुन् । हाल उनी श्रीमती र दुई छोरासहित बेलायतमा बस्दै आएका थिए।

कोरोनाकै कारण दुई साता अघि ६६ वर्षीय पूर्व गोर्खा लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस