खाद्य कम्पनीको अनलाइन डेलिभरी सुरु, सचिवको मै पुर्‍याएर गरियो सुरुवात « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खाद्य कम्पनीको अनलाइन डेलिभरी सुरु, सचिवको मै पुर्‍याएर गरियो सुरुवात


२६ चैत्र २०७६, बुधबार


काठमाडौँ । सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज(बुधवार)देखि अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा सुरु गरेको छ ।

नेपाल फुड डटजीओभी डटएनपी अनलाइन पोर्टलबाट चाहिएको सामान घरमै पुर्‍याउने गरी सेवा सुरु गरेको कम्पनीले पहिलो ग्राहकका रूपमा कम्पनीका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्याललाई होम डेलिभरी गरेर सुरुवात गरेको हो । अध्यक्षसँगै पुरानो सिनामंगलस्थित एक उपभोक्ताकोमा होम डेलिभरी गरेर शुरुवात गरिएको छ ।

‘लकडाउनको समयमा उपभोक्तालाई सहज होस् भन्नका लागि घरमै खाद्यवस्तु डेलिभरी सुरु गरेका हौ’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) नेत्रप्रसाद सुवेदीले भने, ‘भोलीबाट नियमितरुपमा आम उपभोक्ताको घरमा होम डेलिभरी गर्छौ’

यसबाट अनलाइन पेमेन्टलाई प्रोत्साहित गरी रकम आदानप्रदान गर्न नपर्ने अवस्थाको सिर्जना गर्न खोजिएको सुवेदीको भनाई छ ।

कम्पनीले हाललाई खाद्यान्नको डेलिभरी उपत्यकाको चक्रपथ भित्र मात्रै हुने जनाएको छ भने खाद्यान्न अर्डर गरेको दुई दिनभित्र डेलिभरी दिइसकिनेछ । त्यसै गरी सामान अर्डर गर्दा कम्तीमा दुई हजार रुपैयाँको मगाउनु पर्ने छ । र, लकडाउन अवधिभर डेलिभरी गरेवाफत थप शुल्क नलाग्ने पनि कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार : खाद्य कम्पनीले भोलीदेखि अनलाइनबाट होम डेलिभरी गर्दै

अहिलेसम्म निजी क्षेत्रबाट सञ्चालित अनलाइन पोर्टलहरूले मात्रै होम डेलिभरीको व्यवस्था गर्दै आएकोमा सरकारीस्तरबाट भने पहिलो पटक शुरु गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस