कोरोना संक्रमण : १२ लाख ७३ हजार बढी संक्रमित, ६९ हजार बढीको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमण : १२ लाख ७३ हजार बढी संक्रमित, ६९ हजार बढीको मृत्यु


२४ चैत्र २०७६, सोमबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) का कारण सोमबार विहान ८ बजेसम्म १२ लाख ७४ हजार चार सय ९९ मानिस संक्रमित भएका छन् । कोभिड–१९ का कारण ६९ हजार चार सय ५१ जनाले ज्यान गुमाएका छन् भने निको भएर घर फर्किनेको संख्या दुई लाख ६२ हजार तीन सय ५१ रहेको छ ।

अमेरिकामा कोभिड–१९ को संक्रमण लगातार बढ्ने क्रममा छ । अमेरिकामा सबैभन्दा बढी ३ लाख ३६ हजार ६ सय ७३ मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ मृत्यु हुनेको संख्या ९ हजार ६ सय १६ पुगेको छ । अमेरिकाको न्युयोर्क सिटी कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित देश स्पेन हो । यहाँ एक लाख ३१ हजार ६ सय ४६ जना मानिसमा संक्रमण भएको छ भने १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या अमेरिकापछि स्पेनमा धेरै भएपनि मृत्यु हुनेको संख्या भने इटलीमा धेरै छ । इटलीमा १५ हजार आठ सय ८७ जना मानिसको मृत्यु भइसकेको छ । इटलीमा एक लाख २८ हजार नौ सय ४८ जनालाई संक्रमण भएको छ ।

छिमेकी मुलुक भारतमा अहिलेसम्म चार हजार दुई सय ८८ जनामा कोभिड १९ को संक्रमण देखिएको छ भने एक सय १७ जनाको मृत्यु भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस