यी दुई परिस्थितिमा कोरोना उपचारमा खटाइने छैन स्वास्थ्यकर्मीलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यी दुई परिस्थितिमा कोरोना उपचारमा खटाइने छैन स्वास्थ्यकर्मीलाई


१९ चैत्र २०७६, बुधबार


सरुवा गरिएका नर्सको सूची

काठमाडौँ । स्वास्थ्य सेवा विभागले दुई विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई कोरोना बिरामीको उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा नखटाउने भएको छ ।

विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठद्वारा जारी पत्रअनुशार इन्फ्लुएन्जाको लक्षण देखिएका र मधुमेह, उच्च रक्तचाप , दम ,श्वास प्रश्वासमा समस्या भएका, सुत्केरी तथा गर्भवती कर्मचारीहरुलाई कोरोनाका शंकास्पद बिरामीको उपचार र व्यवस्थापन सम्बन्धी काममा सहभागी नगराउन निर्देशन दिइएको छ ।

कोरोना भाईरस (कोभिड-१९) को प्रकोप बढ्दै गएको र आ आफ्नो स्थानबाट सर्त रहनुपर्ने उल्लेख गर्दै पत्रमा भनिएको छ अस्पतालमा कार्यरत अस्पतालमा कार्यरत कर्मचारीलाई इन्फ्लुएञ्जाको लक्षण देखिएमा कम्तीमा १० दिन वा सन्चो नभएसम्म बिदा दिने व्यवस्था मिलाउन र आवश्यक निगरानीमा राख्न अनुरोध छ

त्यसै गरी मधुमेह, उच्च रक्तचाप , दम ,श्वास प्रश्वासमा समस्या भएका, सुत्केरी तथा गर्भवती कर्मचारीहरूलाई कोभिड १९ को शंकास्पद बिरामीको प्रत्यक्ष उपचार र व्यवस्थापन कार्यमा नखटाउन सबै अस्पतालहरूलाई पत्र पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस