कोरोना रोकथामका लागि १० लाख सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना रोकथामका लागि १० लाख सहयोग


१६ चैत्र २०७६, आइतबार


कैलाली । सिद्धार्थ बैंक लिमिटेडले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई शनिबार रु १० लाख रकम सहयोग गरेको छ ।

बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख पवनचन्द अधिकारी र धनगढीमा शाखाका प्रबन्धक नितेश श्रेष्ठले मुख्यमन्त्री भट्टलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिए ।

बैंकले देशभर सातवटै प्रदेशमा रु १०र१० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको बैंकका प्रदेश प्रमुख पवनचन्द अधिकारीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस