कोरोना संक्रमणबाट स्पेनकी राजकुमारीको निधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमणबाट स्पेनकी राजकुमारीको निधन


१६ चैत्र २०७६, आइतबार


मड्रिड । स्पेनकी राजकुमारीको कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।

कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्।

यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ८१२ पुगेको छ।

स्पेनमा गत २४ घण्टाभित्र ८३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७२ हजार २४८ संक्रमित भइसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस