कोरोना विरुद्ध लड्न टाटा ट्रस्टको ५०० करोडको घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना विरुद्ध लड्न टाटा ट्रस्टको ५०० करोडको घोषणा


१५ चैत्र २०७६, शनिबार


भारत । भारतको प्रतिष्ठित व्यावसायिक घराना टाटा समूहको टाटा ट्रस्टले कोरोना भाइरस(कोभिड–१९) को नियन्त्रण र उपचारका लागि भारत सरकारलाई ५०० करोड भारतीय रुपैयाँ सहयोग दिने घोषणा गरेको छ।

कोरोनाभाइरस विरुद्ध लड्न तत्कालै आपतकालीन सहायता आवश्यक भएकाले सरकारलाई सहयोग गर्न लागेको ट्रस्टका अध्यक्ष रतन टाटा टाटाले बताएका छन्।

उपलब्ध गराइने सहयोग रकम कोरोनाभाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री तथा उपकरण आदिमा खर्चने जनाइएको छ।

भारतमा हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ९३३ छ। संक्रमणका कारण २० जनाको मृत्यु भइसकेको छ भने ८४ जना उपचारपछि निको भएका छन्।

संक्रमण रोकथामका लागि भारत सरकारले गएको मंगलबारदेखि देशव्यापी बन्दाबन्दी ९लकडाउन० गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस