नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, धावनमार्गबाट चिप्लिएर झाडीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, धावनमार्गबाट चिप्लिएर झाडीमा


१५ चैत्र २०७६, शनिबार


काठमाडौँ । नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।

काठमाडौंबाट गएको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको हो। तीन जना चिकित्सकको टोली बोकेर गएको जनाइएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको जहाज अवतरणका क्रममा रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपालगञ्ज विमानस्थल अधिकारीले बताएका छन् ।

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस