मागेरै २० सैयाको क्वारेन्टाइन, ४ सैयाको आइसोलेशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मागेरै २० सैयाको क्वारेन्टाइन, ४ सैयाको आइसोलेशन


१५ चैत्र २०७६, शनिबार


डोल्पा । डोल्पामा बिस सैयाको क्वारेन्टाइन निर्माण भएको छ । २० सैयाको क्वारेन्टाइन र ४ सैयाको सोलशन कक्ष निर्माण भएको हो ।

सरकारी कार्यालय र नेपाली सेनाबाट खाटहरू ल्याइएको र पाँच ठुली भेरी नगरपालिका, पाँच उद्योग बाणिज्यसँघ, एक कृषि कार्यालय र अन्य नेपाली सेना मार्फत बेड सिट र बेडिङको व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार साबुन, चप्पल, बाल्टिन, ग्लोब जस्ता कुराहरू हाल उधारो व्यवस्थापन गरेको समेत बताइन् । सरकारको रकम नभएर सबै तिरबाट सहयोग मागेर क्वारेन्टाइन निर्माण गरिएको शर्माले जानकारी दिइन् ।

जिल्ला अस्पतालमा बिरामीलाई राख्न मिल्ने आइसोलेशन बेड तयार गरिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए । रावलका अनुसार मापदण्ड त सबै पूरा भएका छैनन् तर आपतकालिन आसोलेशन तयार भएको छ उपकरण अभावको कारण पनि आसोलेशन बेडहरू मापदण्ड अनुसार नभएको स्वीकार गरे ।

त्यसैगरि दुनैमा रहेको नन्द बक्स ‘क’ गुल्म र ईश्वरी बक्स गुल्म शुलिगार्डमा समेत क्वारेन्टाइन तयार गरिएको छ । नेपाली सेनाले सबै तयारी गरेकोसमेत दाबी गरेको छ ।
२० सैयाको क्वारेन्टाइन तयार भए पनि हालसम्म एक जना पनि क्वारेन्टाइनमा राखिएको भने छैन । प्रदेश सरकारले जिल्लामा दिने ५० लाख रकमको भने हालसम्म कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

काईके गाउँपालिकाको सहयोगमा कीटनाशक औषधि बजारका सार्वजनिक स्थलमा छर्किने प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस