डोटीमा ३ सय ८ जना क्वारेन्टाइनमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोटीमा ३ सय ८ जना क्वारेन्टाइनमा


१२ चैत्र २०७६, बुधबार


डोटी । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट बच्न र अरूलाई बचाउन भन्दै डोटी जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बुघबार ३ सय ८ पुगेको छ ।

केन्द्रीय सरकारको निर्णय अनुसार प्रदेश सरकार र स्थानीय सरकारले बाहिरबाट आएका नागरिकहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनु व्यवस्था अनुसार डोटीका विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार दुई सातासम्म सबैलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न स्थानीय सरकारसँग समन्वय भइरहेकोछ ।

मङ्गलवार सम्म बोगटान गाउँपालिकाको वडा नम्बर ३ कानाचौरमा ८ जनालाई र सोही गाउँपालिकाको वडा नम्बर २ केदारअखडामा ४१ जनालाई स्वास्थ्य संस्था नजिक रहेका विद्यालयहरूमा क्वारेन्टाइनमा राखिएकोमा बुघबार मात्र क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।

त्यसैगरी मङ्गलवारसम्म आदर्श गाउँपालिकाको वडा नम्बर ४ मा रहेको प्रभात मा.बि.मा ७ जना र सोही गाउँपालिकाको वडा नम्बर २ नबोदय मा.बि. मा ३ जना गरी १० जनालाई मात्र क्वारेन्टाइनमा राखिएसँगै डोटी जिल्लामा ५९ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको थियो ।

२ सय ४८ जना एकै दिन क्वारेन्टाइनमा
भारतको गौरीफन्डा नाकाबाट मङ्गलवार नेपाल फर्किएका मध्य २ सय ४८ जनालाई डोटीमा एकै दिन जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको छ ।

डोटी आएका मध्ये ७२ जना शिखर नगरपालिकाका रहेका छन्ज,सलाई अहिले वडा नम्बर १० बान्डुग्रीसैनमा रहेको सिद्धेश्वर माबिमा र शिखर नगरपालिका वडा नम्बर ४ मा रहेको पन्चोदय आबिमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै आदर्श गाउँपालिकाका ५६ जना रहेका छन् । उनीहरूको लागि आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा रहेको शारदा माबिमा स्थापना गरेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ ।

त्यसैगरी सायल गाउँपालिकाका ५ जना रहेका छन् । उनीहरूलाई वडा नम्बर ३ को वडा कार्यालय तोलेनिमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिकाका २२ जना र के.आई.सिंह गाउँपालिकाका ११ जना गरी ३३ जना रहेका छन् उनीहरूलाई दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ मा राजपुरमा रहेको सेति सभाहलमा राखिएको छ ।

जोरायल गाउँपालिकाको १ जना र बडीकेदार गाउँपालिकाका ३० जना गरी ३१ जना रहेका छन्, उनीहरूलाई बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरमा रहेको केदार ज्योति पुञ्ज बहुमुखि क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको बडीकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले जानकारी दिएका छन् ।

त्यस्तै पुर्विचौकी गाउँपालिकाका २ जना रहेका छन् । जसमा १ जनालाई पुर्बिचौकी गाउँपालिका वडा नम्बर ४ मा रहेको जनकल्याण सहकारी संस्थामा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ भने एक जनालाई वडा नम्बर ५ काडामाण्डौमा रहेको निजकै घरमा लग राखिने भएको छ भने बोगटान गाउँपालिका ४९ जना रहेका छन् उनीहरूलाई गाउँपालिकाका विभिन्न स्थानमा स्थापना गरेको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । त्यस्तै थप १ जना शिखर नगरपालिकाको स्थानीय बासिन्दालाई राजपुरमा रहेको सेती सभा हलमा राखिएको जानकारी प्राप्त भएको छ ।

क्वारेन्टाइनमा बसेकाहरूलाई व्यवस्थापनको लागि सुदूरपश्चिम प्रदेश सरकारले प्रत्येक गाउँपालिकालाई तिन लाख र नगरपालिकालाई चार लाख दिने निर्णय समेत गरेको छ । क्वारेन्टाइनमा बसेकाहरूका लागि खान बस्नको व्यवस्था सम्बन्धित स्थानीय सरकारले गर्ने भएको छ ।

रोजगारीको सिलसिलामा भारत गएका हरू नेपाल फर्किएसँगै उनीहरूलाई घर जानु भन्दा पहिले क्वारेन्टाइनमा बस्न लगाउन, कोरोना भाइरस(कोभिड-१९) को सङ्क्रमणबाट बच्च सचेतनाका लागि पहल गर्न डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेनाका रुद्धध्वज गणकागणपति, सशस्त्र प्रहरी बलका प्रमुख, जनप्रतिनिधि, नागरिक समाज लगाएको सक्रियता बढेको छ ।

गौरीफन्टा नाकामा अलपत्र परेका नेपालीलाई २८ घण्टा पछि भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई होम क्वारेन्टाइनमा बस्ने सर्तसहित घर पठाइएको हो ।

एक जनाको स्वाब परीक्षणका लागि पठाइयो
कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण भएको आशङ्कामा एक जनालाई डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक युवक मङ्गलवार अस्पतालको सम्पर्कमा आएका थिए । उनलाई कोरोनाको सङ्क्रमण हुन सक्ने भन्दै अस्पतालले मङ्गलवारै आइसोलेसन वार्डमा राखेको थियो । उनको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योति पाण्डेले जानकारी दिइन् । ‘हामीले उहाँको स्वाब एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाएका छौँ,’ डा पाण्डेले भनिन्, ‘धनगढीबाट काठमाडौँ लगिनेछ ।’

रिपोट नआएसम्म उनलाई आइसोलेसन वार्डमै राखिने डा. पाण्डेले बताइन ।

डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो पहिलो घटना हो । यसअघि कुनै पनि व्यक्तिको स्वाब परीक्षणको लागि नपठाइएको डा. पाण्डेले जानकारी दिइन् । सङ्क्रमणको आशङ्का गरिएका ती व्यक्तिको परिचय गोप्य राखिएको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस