भारत पनि तीन साताका लागि लकडाउन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारत पनि तीन साताका लागि लकडाउन


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । भारत सरकारले आगामी तीन साताका लागि पुरै देश लक डाउन गर्ने निर्णय गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै पुरै देशमा लकडाउनको घोषणा गरेका हुन् ।

‘आज (मंगलबार) राति बाह्र बजेदेखि पुरै देशभर लाकडाउन हुन गइरहेको छ। घरबाट बाहिर निस्कन पूरा प्रतिबन्ध लगाइएको छ। सबै राज्य र केन्द्रशासित प्रदेश, पत्येक जिल्ला, गाउँ र टोललाई लकडाउन गरिने छ,’ मोदीले सम्बोधनका क्रममा भने।

उनले भनेका छन्, ‘म प्रधानमन्त्रीको रुपमा होइन, तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु । २१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ । घरमै बस्नुस् र एकै काम गर्नुस् कि आफ्नो घरमै बस्नुस् ।’

यो निर्णय स्वास्थ्य विज्ञहरु र अन्य मुलुकको अनुभवलाई हेरेर लिइएकोसमेत मोदीले उल्लेख गरेका छन्। र, यो बन्द गत आइतबारको जनता कर्फ्युभन्दा थप कडा रुपमा लागू हुने र कोरोना महामारीविरुद्धको निर्णायक लडाइँ हुनेसमेत उनले बताएका छ्न।

‘म हात जोडेर प्रार्थना गर्छु। तपाईंहरु जहाँ हुनुहुन्छ त्यही बस्नु। अहिलेको परिस्थितिलाई हेर्दा यो लकडाउन तीन साताका लागि हुनेछ। २१ दिनका लागि लक डाउन हुनेछ,’ उनले भने।

उनले स्वास्थ्य विज्ञहरुका अनुसार कोरोना भाइरसको संक्रमणको सांग्लो तोड्न २१ दिन महत्वपूर्ण हुने भएकाले यो निर्णय लिएको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस