कोरोना सङ्क्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कोरोना सङ्क्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा


प्रशासन विशेष ब्युरो

११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । कोराना भाइरस(कोभिड १९) बाट सङ्क्रमित युवती सवार विमानमा रहेका एक ५८ जनामध्ये मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ ।

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै विमानमा सवार सबैको खोजी कार्य तीव्र बनाइएको थियो ।

नाम र ठेगाना गोप्य राखिएकी ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार पुष्टि भएपछि प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ।

फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थीसहित १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत आएको बुझिएको छ। ती किशोरी नेपाल आएको दिन क्युआर ६५०, क्युआर ६५२ र क्युआर ६५३ गरी कतार एयरवेजले तीन वटा उडान गरेको र तीन वटै उडानका सबै यात्रुको विवरण प्रहरीलाई उपलब्ध गराइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

प्रहरीले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी सबै यात्रुको यथाशीघ्र स्वास्थ्य परीक्षण गरिने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस