कांग्रेस सांसदले १५ दिनको तलब उपचार कोषलाई दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस सांसदले १५ दिनको तलब उपचार कोषलाई दिने


११ चैत्र २०७६, मंगलबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसे संसद सदस्यहरुको १५ दिनको तलब केन्द्रीय कोषलाई दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्वगर्ने सदस्यको १५ दिनको पारिश्रमिक बराबरको रकम दिने निर्णय गरेको हो ।

साथै कांग्रेसले लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा सहजरुप खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल सकारसँग आग्रह समेत गरेको छ ।

कांग्रेसले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन नेपाल सरकारले लिएको लकडाउन गर्ने निर्णयको स्वागत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस