कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनको चेतावनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनको चेतावनी


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।

टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसअघि नै कोरोनाभाइरस सङ्क्रमणलाई ुविश्वव्यापी महामारीु को संज्ञा दिइसकेको छ।

बीबीसीका अनुशार विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको नियन्त्रणमा मात्र भर नपर्न भनेको छ। प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस