कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकलाई शतप्रतिशतसम्म भत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकलाई शतप्रतिशतसम्म भत्ता


९ चैत्र २०७६, आइतबार


काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकलाई शतप्रतिशतसम्म जोखिम भत्ता दिने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेको विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले काम लगाउनु पर्ने भएकोले ५० देखि शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्‍त्री युवराज खतिवडाले चिकित्सकदेखि ल्याब, फ्रन्ट डेस्कमा रहेर सेवा पुर्‍याउने सबैले जोखिम भत्ता पाउने जानकारी दिएका छन् ।

मन्त्री खतिवडाका अनुसार सङ्क्रमितको उपचारमा खट्नेहरूको स्वास्थ्य सुरक्षाका लागि सबै किसिमका उपकरण उपलब्ध गरी परिचालित गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस