प्रशासन कार्यालयका सेवा बन्द « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रशासन कार्यालयका सेवा बन्द


९ चैत्र २०७६, आइतबार


काठमाडौँ । कोरोनाको सङ्क्रमण बढ्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि नागरिकता, राहदानी सिफारिसलगायतका सेवाहरु बन्द गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी सूचनामा चैत ९ गतेदेखि चैत २१ गतेसम्मका लागि ती सेवाहरु बन्द गरिएको उल्लेख छ ।

विश्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण नेपाल सरकारले गरेको निर्णयअनुरूप सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस