बजारमा खाद्यान्नको अभाव छैन, ‘कालोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बजारमा खाद्यान्नको अभाव छैन, ‘कालोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल’


९ चैत्र २०७६, आइतबार


काठमाडौं । कोरोना भाइरसको त्रास देखाएर कालोबजारी गर्नेलाई सरकारले ३ लाख जरिवाना र ५ वर्षसम्मको कैद गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको स्पष्ट पार्दै संकटका बेला कालोबजारी गर्ने जो कोहीलार्ई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

कालोबजारी र अभाव गर्न खोज्ने ३ लाई लाख र ५ वर्षसम्मको कैद गरिने उनले स्पष्ट पारे । उनले भने, ‘बदमासी गर्न खोज्नेहरुलाई सबैले कारबाही गर्नुपर्छ ।

उनले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सुचना दिनसमेत आग्रह गरे । उनले भने, ‘११३७ मा फोन गर्नुहोस् । हामी व्यवस्थापन गर्छौं ।’ उनले यो बीचमा ६० देखि ७० लाख राजश्व उठेको सुनाउँदै गलत गर्नेहरुलाई कारबाही गरिएको पनि स्पष्ट पारे ।

उनले आपूर्ति व्यवस्थापनको लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भिर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्नेपनि तयारी छ ।’

मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्नेपनि बताए । उनले भने, ‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं ।’ उनले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पनि बताए । उनले सुरक्षाकर्मीहरु र अस्पतालमा खटिने कर्मचारीहरुको लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गरिने पनि विश्वास दिलाए ।

उनले मास्क अहिले बाहिरबाट पनि आईरहेको र नेपालमा उत्पादन क्षमतापनि बढाएको सुनाए । उनले भने, ‘हाम्रो उत्पादन क्षमता कम छ । तर, माग बढि छ । हिजोको दिनमा २५ हजार खपत हुन्थ्यो,अहिले अत्यधिक माग बढेको छ । डिमाण्डअनुसार प्रोडक्सन भएको छैन् । तर, अहिले हामीले क्षमताभन्दा बढि उत्पादन भैरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस