बैंकको सेवा खुल्ला रहने, डिजिटल कारोबार गर्न सेवाग्राहीलाई आग्रह - प्रशासन प्रशासन
prasaLogo
९ चैत्र २०७६, आईतवार

बैंकको सेवा खुल्ला रहने, डिजिटल कारोबार गर्न सेवाग्राहीलाई आग्रह


प्रकाशित मिति : 22 March, 2020 12:19 pm

काठमाडौं । सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

बैकिङ अत्यावश्यक सेवा भएकोले बन्द नहुने नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले बताएका छन् ।

बैंकहरूले डिजिटल भुक्तानीलाई निःशुल्क गरिसकेकोले सकेसम्म बैंक कार्यालयमा नजान दाहालले आग्रह गरे ।

अब बैंकहरूमा पनि नागरिकको भिडभाड क्रमशः कम हुँदै जाने भएकाले आवश्यक अनुसार मात्रै बैकहरूले आफु अनुकूल कर्मचारी बोलाउने उनको भनाइ छ ।

यस विषयमा संघ र राष्ट्र बैंकबीच शनिबार पनि छलफल भएको थियो । “बैकिङ सेवा नरोक्ने तर कर्मचारीहरुलाई भने आवश्यक अनुसार मात्रै बोलाउने निर्णय भएको छ” उनले भने “कोर बैकिङ, सिस्टम तथा, सफ्टवेयरसंग सम्बन्धी प्राविधिक दुई जना छन् भने पालै पालो बोलाउने हो ।”

उनले सम्पूर्ण एटिएम, मोबाइल बैकिङ देखि कनेक्ट आइपिएससम्म निःशुल्क गरेकोले सर्वसाधारण बैंकमा आइरहन पनि नपर्ने बताए । यदि बैकमा आउनु परे पनि भीडभाड नहुने गरि पालै पालो गरेर सेवा प्रदान गर्ने उनले बताए ।

अन्य मुलुकमा नोटको माध्यबाट पनि कोरोना फैलिएको भन्दै पैसा समाएपछि अनिवार्य रूपमा साबुन पानीले हात धुन उनले सबैलाई आग्रह गरे ।

बैंकहरूमा ग्राहकको उपस्थिति कम हुँदै गएमा आवश्यक अनुसार केही शाखा मात्रै खोल्न सकिने तर अहिले भने सबै शाखा खोल्ने निर्णय भएको उनले जानकारी दिए । कर्मचारीलाई पनि कम्तिमा १ मिटर दुरि कायम गर्न भनिएको दाहालले बताए ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पनि बैकिङ सेवा नरोकिने बताए । बैकहरूले कसरी सेवा प्रदान गर्ने त्यसमा भने बैकहरूले नै आन्तरिक तयारी गर्ने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस