सिल्क एयर सिंगापुर फिर्ता पठाइदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिल्क एयर सिंगापुर फिर्ता पठाइदै


८ चैत्र २०७६, शनिबार


काठमाडौँ । नेदरल्याण्डका नागरिक समेत लिएर आएपछि सिल्क एयरको विमान सिंगापुर फिर्ता पठाइने भएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार, प्रतिबन्ध लगाइएको मुलुकका नागरिक लिएर आएको विमान सिंगापुर फिर्ता पठाउन लागिएको हो ।

शनिबार राति ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानका नेपालीसहित कुनै यात्रु नझारी इन्धन भरेर सिंगापुर फिर्ता हुन निर्देशन दिइएको हो ।

कोरोना भाइरसको उच्च संक्रमण रहेको मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न रोक लगाइएको छ । तर, विमानमा डच नागरिक आएको सूचनापछि काठमाडौँ आइपुगेका नेपालीसहित सबै यात्रु सिंगापुर नै फिर्ता पठाउने निर्णय भएको विमानस्थल स्रोतले जनाएको छ ।

सरकारले आइतबारबाट अन्तर्राष्ट्रिय उडान नै बन्द गर्ने निर्णय गरीसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस