सहसचिवलाई बिदाका दिनसमेत उपस्थित हुन र उपसचिव-अधिकृतलाई उपत्यका नछोड्न निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सहसचिवलाई बिदाका दिनसमेत उपस्थित हुन र उपसचिव-अधिकृतलाई उपत्यका नछोड्न निर्देशन


८ चैत्र २०७६, शनिबार


काठमाडौँ । स्वास्थ्य सेवा अन्तर्गतका डेढ दर्जन विभाग तथा कार्यालयका सहसचिव स्तरका कर्मचारी र विभागीय प्रमुखहरूलाई सार्वजनिक बिदाको दिन समेत कार्यालयमा उपस्थित भई कामकाज गर्न निर्देशन दिइएको छ ।

विश्वभर महामारीको रूपमा फैलिइरहेको कोरोना भाइरस(कोभिड–१९) रोगको सङ्क्रमण नेपाल भित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यका भित्रका मन्त्रालय अन्तर्गतका विभाग, कार्यालयमा कार्यरत ती कर्मचारीलाई उपस्थित रहन भनेको हो ।

साथै उपसचिव र अधिकृत स्तरका कर्मचारीहरूलाई काठमाडौँ उपत्यका नछाड्नसमेत मन्त्रालयले निर्देशन दिइएको छ ।

मन्त्रालयले शुक्रवार सचिव स्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आन्तरिक प्रशासन शाखा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल, कान्ति वाल अस्पताल, मानसिक अस्पताल, नरदेवी आयुर्वेद चिकित्सालय, पशुपति होमियोप्याथिक चिकित्सालय र राष्ट्रिय औषधि प्रयोगशालालाई पत्र काटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस