काठमाडौँ छोड्नेको सङ्ख्या बढ्दो, शनिवार मात्रै पौने दुई लाख बाहिरिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ छोड्नेको सङ्ख्या बढ्दो, शनिवार मात्रै पौने दुई लाख बाहिरिए


८ चैत्र २०७६, शनिबार


काठमाडौँ  । कोरोना भाइरस(कोभिड–१९)को सम्भावित जोखिमबाट बच्न उपत्यका छाड्ने को जमात दैनिक बढ्दो छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिवार साँझसम्म एकै दिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका छन् ।

बाहिरिने गाडीको सङ्ख्या २७ हजार २ सय ६० रहेको छ।

टिकट काउन्टर र बसपार्कमा शनिवार यात्रुको भिड अत्यधिक धेरै हुनुका साथै बुधवार यता काठमाडौँ छाड्ने यात्रुको सङ्ख्या ४ लाख ७० हजार १ सय १७ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस