मन्त्री भट्टराईद्वारा विमानस्थलको स्वास्थ्य परीक्षणको अनुगमन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मन्त्री भट्टराईद्वारा विमानस्थलको स्वास्थ्य परीक्षणको अनुगमन


८ चैत्र २०७६, शनिबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण कक्षको अनुगमन गरेका छन् ।

विमानस्थलमा कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी राखिएको स्वास्थ्य परीक्षण कक्षको अनुगमन गरेका हुन । चीनमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि विभानस्थलमा विदेशबाट आउने यात्रुलाई कोभिड–१९ को स्वास्थ्य जाँच गरिरहेको छ ।

कोभिड–१९ को शङ्का लागेमा सरकारले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गर्दछ । विमानस्थलमा घरेलु र अन्तरराष्ट्रिय गरी चार ठाउँमा आउने जाने यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस