कोरोनाको त्रासले हिमाल खबर पत्रिका बन्द गर्ने घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोनाको त्रासले हिमाल खबर पत्रिका बन्द गर्ने घोषणा


८ चैत्र २०७६, शनिबार


काठमाडौँ । हिमाल मिडिया प्रालिले ९ चैतपछि अनिश्चितकालका लागि हिमाल खबर पत्रिकाको प्रकाशन बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण हिमाल मिडियाले छापा संस्करण बन्द गर्ने घोषणा गरेको हो ।

अवस्था सामान्य नहुन्जेलसम्म अनलाइनमा मात्र समाचारहरू अपडेट गर्ने हिमाल मिडियाले जनाएको छ ।

हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले भनेका छन्, ‘हिमाल मिडिया प्रालिले साप्ताहिक हिमाल खबरपत्रिका को ९ चैत, आइतबारको अंकपछि आफ्नो छापा संस्करणलाई अवस्था सामान्य नहुञ्जेलसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । ‘आशा गरौँ, केही समयको व्यक्तिगत दुरीसँगै हाम्रो सामूहिक सहकार्य र सङ्घर्षले समाजलाई यो संकटबाट चाँडै पार लगाउनेछ ।’

यसअघि पनि साप्ताहिक पत्रिकाका सम्पादकहरूले संयुक्त सूचना निकालेर पत्रिका बन्द गरेको घोषणा गरेका थिए । यसरी बन्द हुने पत्रिकाहरूमा जनआस्था, दृष्टि, देशान्तर, साँघु, बुधवार, तरुण, हाँक, घटना र विचार, जनआह्वान, तामाकोसी, राष्ट्रवाणी, समयबद्ध, मधेशवाणी, जनधारणा, पिपुल्स रिभ्यू, नेपाली पत्रलगायत छन् ।

यी पत्रिकाका सम्पादकहरूले प्रेस काउन्सिल नेपाललाई पत्र लेखी नियमित प्रकाशन कठिन भएकाले राहतस्वरुप विशेष निर्णय लिइदिन आग्रह गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस