गण्डकी प्रदेश मन्त्रालयमा कोरोना परीक्षण सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गण्डकी प्रदेश मन्त्रालयमा कोरोना परीक्षण सुरु


८ चैत्र २०७६, शनिबार


काठमाडौँ । विश्वव्यापी महामारी घोषित कोरोना भाइरस(कोडिभ–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले अपनाएको सजगतासँगै विभिन्न प्रदेशले सुरक्षा सतर्कता अपनाएका छन् ।

शुक्रवार मात्रै गण्डकी प्रदेश सरकारस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा कोरोना सङ्क्रमण नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रवेश द्वारमा चेक जाँच तथा ज्वरो परीक्षण कार्य आरम्भ गरिएको मन्त्रालयका सचिव किरण राज शर्माले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस