कोरोना विरुद्ध लड्न ज्याक माले नेपालसहित दश देशलाई आपतकालिन स्वास्थ्य सामग्री दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना विरुद्ध लड्न ज्याक माले नेपालसहित दश देशलाई आपतकालिन स्वास्थ्य सामग्री दिने


८ चैत्र २०७६, शनिबार


काठमाडौँ । चिनियाँ व्यवसायी तथा अलीबाबा ग्रुपका पूर्वकार्यकारी अध्यक्ष ज्याक माले नेपालसहित १० देशलाई कोरोना भाइरसविरुद्धको उपचारका लागि आपत्कालिन स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन् ।

ज्याक माले आफ्नो ट्विटमार्फत १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार प्रोटेक्टिभ सुट, भेन्टिलेटर्स र थर्मोमीटरलगायतका सामग्री सहयोग गर्ने बताएका छन् ।

उनले नेपालसँगै अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस्, मालदिभ्स, मङ्गोलिया, म्यानमार, पाकिस्तान र श्रीलङ्कामा यस्तो सहयोग गर्ने लेखेका छन् ।

यी सामग्री चाँडै पुर्‍याउन सहज नहुने तर पुर्‍याइछाड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

ज्याक माको ज्याक मा फाउन्डेसनले यसअघि चीनसँगै अमेरिका र दक्षिण अफ्रिकामा पनि यस्तो मानवीय सहयोग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस